बिपरित सिद्धान्त भएका दलहरु मिलेर सरकार बनाउनु बिडम्वनाः भीम रावल

डिसी नेपाल
२१ माघ २०७९ १८:०७
108
Shares

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले बिपरित सिद्धान्त भएका दलहरु मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका छन्।

शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक बिमोचन कार्यक्रममा रावलले अहिलेको सरकारमा बिपरित सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरु एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका हुन्।

उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त बिपरित अघि बढाउन खोज्ने बिषयमा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे।

रावलले बिपरित सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहि पनि नदेखिएको उल्लेख गरे। नीजि बिद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो? भन्दै उहाले प्रश्न गरे।

पुस्तकमा द्वारिकादेवीको राजनीतिक यात्रा देखि संघर्षका बिषयहरु उल्लेख गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *