रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको भीम रावलको आरोप

डिसी नेपाल
२१ माघ २०७९ १९:०२
160
Shares

काठमाडौं। सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए।

वैदेशिक रोजगार कम्पनी भएकाहरू श्रममन्त्री, एकदम महंगो निजी स्कुल भएकाहरू शिक्षामन्त्री रहेको र नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धितलाई गृह मन्त्री बनाउन खोजिएको उनको आरोप छ।

‘के देशमा साँच्चै सुशासन आउन लागेको होरु हामीले बहुदली व्यवस्था ल्यायौं। गणतन्त्र ल्यायौं। यसको अभिष्ट के थियो? यत्रो मानिसहरूले रगत बगाए,’ उनले प्रश्न गरे।

उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *