भारतमा भागदौडमा परी चार महिलाको मृत्यु

डिसी नेपाल
२१ माघ २०७९ २३:०४

नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुमा शनिबार एक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा चार महिलाको मृत्यु भएको छ । उक्त घटनामा अन्य आठ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

तमिलनाडु राज्यको तिरुपतुर जिल्लामा भएको भागदौडमा घाइते भएका सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइसकिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भागदौड मच्चिँदा लत्ताकपडा वितरणको आशामा करिब ६०० देखि ७०० मानिस घटनास्थलमा भेला भएका थिए ।

प्रहरीका अनुसार जिल्ला प्रशासनकार्यालयबाट पूर्वअनुमति नलिई उक्त मेला सञ्चालन गरिएको थियो । भारतमा धार्मिक तथा सांस्कृतिक महोत्सवमा हुने भीड र भीडलाई व्यवस्थापन गर्ने संयन्त्रको कमजोरकिा कारण भागदौड मच्चिने र यस्ता भागदौड तथा झडपमा हरेक बर्ष धेरै नागरिकहरूले ज्यान गुमाउने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *