नेपाली भाषीलाई ‘बिदेशी’ भनेको भन्दै सिक्किमा आन्दोलन, ४८ घन्टे धर्ना जारी

डिसी नेपाल
२२ माघ २०७९ ७:१४
160
Shares

झापा। सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ।

भारतीय सर्वोच्च अदालतले नेपाल भाषीलाई ‘बिदेशी’भनेको भन्दै सो आदेश त्रुटी सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वानसमेत गरेको छ।

निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ। अदालतको सो आदेश बिरुद्ध चाम्लिङ आफैं धर्नामा सहभागी भएका थिए। शनिबारदेखि भएको धर्ना आज पनि जारी रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *