स्वास्थ्य चेतावनीपछि भारतीय औषधि कम्पनीले आँखाको औषधि फिर्ता लिनु पर्‍यो

डिसी नेपाल
२२ माघ २०७९ १०:२४

काठमाडौं । यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले भारतमा बनेको आँखा ड्रपको प्रयोगको बारेमा चेतावनी दिएको छ। यो आँखाको औषधिलाई ब्याक्टेरिया फैलनुको कारण भनिएको छ ।

अमेरिकी एफडीएका अनुसार भारतीय कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले यो आँखाको ड्रप उत्पादन गर्छ। यसको प्रयोगबाट संक्रमण, अन्धोपन र मृत्यु समेत हुने खतरा हुन्छ ।

यो आँखाको ड्रपले देशमा औषधि विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गरेको ब्याक्टेरिया फैलाउन जिम्मेवार रहेको बताइएको छ ।

कम्पनीले औषधि निर्माणमा अपनाउनु पर्ने मापदण्डलाई बेवास्ता गरेको एजेन्सीले जनाएको छ । युएसएफडीएको चेतावनीपछि चेन्नईस्थित कम्पनी ग्लोबल फार्माले बजारबाट औषधि फिर्ता लिने निर्णय गरेको छ ।

कम्पनीले यस विषयमा अनुसन्धान गर्न अमेरिकी सरकारका एजेन्सीहरूसँग पूर्ण सहयोग गरिरहेको जनाएको छ ।

यो आँखा ड्रपका कारण कम्तीमा ५५ जना बिरामीमा संक्रमण र अन्धोपनका केसहरू देखिएको अमेरिकी एफडीएले जनाएको छ । एक जनाको मृत्यु पनि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *