अफगानिस्तानमा भीषण शीतलहर, मृत्यु हुनेको संख्या १७५ पुग्यो

डिसी नेपाल
२२ माघ २०७९ १०:३६

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको छ । तालिवानको रेड क्रिसेन्ट विभागले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ ।

अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खालासका अनुसार देशभर चिसो, ग्यास प्रदुषण र वर्षाका कारण शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ भने करिब ३० जना बिरामी परेका छन् ।

एकातिर अफगानिस्तानमा चिसोको प्रकोप जारी छ भने अर्कोतर्फ तालिबानले महिलामाथि लगाएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय सहयोग कम भइरहेको छ । अफगानिस्तानका एक करोड मानिसलाई तत्काल सहयोगको आवश्यकता रहेको विज्ञहरू बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *