दक्षिण कोरियामा डुङ्गा दुर्घटना, नौ जना बेपत्ता
सियोल। दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन्। दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन्।
गृह मन्त्रालयका अनुसार शनिबार राति सिनान काउन्टीको तटीय क्षेत्रमा २४ टन तौल भएको उक्त जहाज पानीमा पल्टिएको हो। चालक दलका तीन सदस्यलाई नजिकैको डुङ्गाले उद्धार गरे पनि दुई विदेशीसहित अन्य नौ जना हराइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बेपत्ताको खोजीका लागि एक दर्जनभन्दा बढी पानीजहाज, तटीय सुरक्षाकर्मी र नौसेनाका तीन वटा विमान परिचालन गरिएको जनाइएको छ। आन्तरिक मामिला मन्त्री ली साङ–मिनलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले चालक दलका अधिकांश सदस्यले डुङ्गा छोडेको अनुमान गरिएको छ।
राष्ट्रपति युन सुक योलले उद्धारकार्यका लागि अधिकतम प्रयास गर्न आग्रह गर्दै खोजी क्षेत्र फराकिलो बनाउन ‘उपलब्ध सबै स्रोत साधन’ परिचालन गर्न आदेश दिएको उहाँको कार्यालयले जानकारी गराएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment