देशका ‘जेल भर्ने’ आन्दोलन सुरु गर्न इमरान खानको अपिल, भने– देश विनाशतर्फ जाँदैछ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशको सत्तारुढ गठबन्धन चुनावबाट डराएको र देशलाई विनाशतर्फ लगिरहेको बताएका छन् ।
राजनीतिक स्थायित्व नभएसम्म मुलुकको अवस्था सुध्रन नसक्ने उनको भनाइ छ । उनले जेल भरो आन्दोलन सुरु गर्ने कुरा गर्दै सडकमा आन्दोलन गर्नुभन्दा आफूलाई पक्राउ गर्न दिनु राम्रो भएको बताए ।
उनले भने, “जेल भरो आन्दोलन सुरु गर्न म सबैलाई अपिल गर्दछु। सडकमा हिड्नुभन्दा यो राम्रो हो। हामीलाई थाहा छ हाम्रो जेलमा कति ठाउँ छ।”
इमरान खानले देशको वर्तमान न्याय प्रणाली नागरिकको अधिकारको रक्षा गर्न असफल भएको बताएका छन् । उनले सरकारले जनतालाई गिरफ्तार गरेर मुद्दा चलाउने गरेको भन्दै जेल भरो आन्दोलन सुरु गरे राम्रो हुने बताए ।
उनले पञ्जाब र खैबर पख्तुनख्वाका विधानसभा विघटनबारे पनि कुरा गरे र भने कि “दुवै राज्य सरकारहरू विघटन गर्नु पछाडि राष्ट्रिय हित थियो। मैले देशको संविधानलाई ध्यानमा राखेर विधानसभाहरू भंग गरेको छु।”
उनका अनुसार यो मामिलामा १८ दिन बितिसक्दा पनि दुवै प्रदेशका गभर्नरले चुनावको मिति तोकेका छैनन् । उनले भने, ‘९० दिनपछि सबैमाथि धारा ६ लगाइनेछ ।’
इमरान खानले भने, “जसले यो प्रयास गरिरहेको छ, र हामीलाई थाहा छ कसले यो प्रयास गरिरहेको छ। उनीहरू चुनावबाट डराउँछन्।”
इमरान खानले ९० दिनभित्र चुनाव हुन्छ कि हुँदैन भन्ने तमासा पूरा देशले हेरिरहेको बताएका छन् । उनले राज्यहरूमा प्रभारी सरकारहरू तटस्थ नभएर तहरीक-ए-इन्साफको विरुद्धमा रहेको आरोप लगाए।
Facebook Comment