कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइएको छ। बैंकले संस्थापक सेयरधनी सुरेशचन्द्र तायलको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाडौँको नागपोखरीस्थित कार्यालय वा कुमारी बैंकको काठमाडौँको टंगालस्थित प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment