रुसमाथि पश्चिमी देशको प्रतिबन्धका कारण तेलको अभाव हुन सक्ने साउदी अरेबियाको चेतावनी

काठमाडौं । साउदी अरबका उर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले रुसमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण भविष्यमा ऊर्जा संकट आउने चेतावनी दिएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार राजकुमार अब्दुलअजिजले शनिबार राजधानी रियादमा आयोजित एक सम्मेलनमा यस्तो बताएका हुन् ।
एक प्रश्नको जवाफमा उनले भने, ‘प्रतिबन्ध र लगानीको अभावका कारण सबैभन्दा बढी आवश्यक परेको बेला सबै किसिमको ऊर्जाको अभाव हुने एउटै कुरा हो ।’
राजकुमार अब्दुलअजीजले आफ्नो देशले युक्रेनमा एलपीजी पठाउने तयारी गरिरहेको बताए । युक्रेनमा यो मुख्यतया घरहरू न्यानो राख्न प्रयोग गरिन्छ।
तेल बजारको २०२२ को पाठलाई उल्लेख गर्दै उनले विश्वका अन्य देशहरूले ‘ओपेक + देशहरूलाई विश्वास गर्न’ पर्ने बताए।
युरोपेली संघले रुसमाथि धेरै किसिमका प्रतिबन्ध लगाएपछि रुसको आयात घटेको हो । अन्य पश्चिमी देशहरूले पनि रूसको आर्थिक क्षमता सीमित गर्न धेरै प्रतिबन्धहरू लगाएका छन् ।
Facebook Comment