चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
काठमाडौँ। राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित भएकी छन्।
माघ २० गतेबाट फ्लोरमा रहेको यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ।
निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको जानकारी दिए। यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन्। सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ।
लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ। चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment