प्रधानमन्त्रीलाई विश्वासको मत दिंदा केहि दललाई टाउको दुख्यो: धनराज गुरुङ {भिडियो}

डिसी नेपाल
२२ माघ २०७९ १६:३०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समस्या समाधानका लागि एकतावद्ध हुन प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि केहि दललाई टाउको दुखेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा गुरुङले आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको तर केहि दललाई टाउको दुखेको बताएका हुन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिदै गर्दा कांग्रेसलाई पदप्रतिको आशक्ति नभएको उनले बताए।

पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उहाँले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताए । उनले मुलुकको मुहार बदल्न अव नेताहरु र नेताहरुको सोच बदलिन जरुरी रहेको धारणा राखे । गुरुङले गरिब नेपालीले ज्वरो आउँदा एक ट्याबलेट सिटामोल नपाउने अवस्था रहेको अवस्थामा पहुँचवाला नेताले उपचार खर्च लिनु भ्रष्ट चरित्र भएको टिप्पणी गरे।

त्यस्तै नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले मुलुकको प्राथमिकतामा परेका बिषयहरुलाई अघि बढाउनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनले एक अर्कालाई निषेध गरेर मुुलुकको समस्या समाधान हुन नसक्ने भन्दै मिलेर जाने जनताको जनादेशलाई अंगिकार गर्नुपर्ने धारणा राखे । पौडेलले अहिलेको आवश्यकता भनेको प्राप्त उपलब्धिहरूको रक्षा गर्नु नै रहेकाले संविधानमा संशोधन गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *