बेलायती र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकमा अचानक बेलायती प्रधानमन्त्री पुगेपछि…

डिसी नेपाल
२२ माघ २०७९ १५:३१
240
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल र उनका बेलायती समकक्षी टिम ब्यारोबीच लन्डनमा भएको बैठकमा संक्षिप्त रूपमा भाग लिएका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार ऋषि सुनकले बैठकमा रक्षा र व्यापार जस्ता क्षेत्रमा द्विपक्षीय रणनीतिक साझेदारीलाई मजबुत बनाउन आफ्नो सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्।

बेलायतस्थित भारतीय उच्चायोगले बेलायती मन्त्रिपरिषद्को कार्यालयमा भएको यो भेटबारे ट्वीट गरेको छ ।

यस ट्वीटमा भनिएको छ, “प्रधानमन्त्री ऋषि सुनकले विशेष पहल गरे र बेलायती क्याबिनेट कार्यालयमा सर टिम ब्यारो र श्री डोभालबीचको एनएसए संवादमा संक्षिप्त रूपमा सहभागी भए।”

“व्यापार, रक्षा, विज्ञान र प्रविधि जस्ता क्षेत्रमा दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न उनको सरकारको समर्थन हुने उनको आश्वासनको हामी कदर गर्छौं। हामी सर टिमको प्रारम्भिक भ्रमणको प्रतीक्षामा छौं।”

बेलायत जानुअघि अजित डोभाल अमेरिकाको भ्रमणमा पनि गएका थिए । त्यहाँ उनले मंगलबार अमेरिकी एनएसए ज्याक सुलिभानलाई भेटे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *