पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु

डिसी नेपाल
२२ माघ २०७९ २२:२६

चाङ्सा। मध्यचीनको हुनान प्रान्तमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएका हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ।

उक्त दुर्घटनामा ६६ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ। सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। उद्धार एवम् समन्वयका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल परिचालन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *