सूचीकृत कम्पनीको वर्गीकरणका लागि नेप्सेले माग्यो विवरण

डिसी नेपाल
२३ माघ २०७९ १२:१४

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नको लागि विवरण पठाउन माग गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै वर्गीकरणका लागि आवश्यक विवरण पठाउन सूचीकृत संगठित संस्थाहरुलाई माग गरेको हो।

नेप्सेले आवश्यक विवरण यही फागुन १० गते कार्यालय समयभित्र प्राप्त हुने गरी वा लिस्टिङ शाखाको ई–मेलमार्फत उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकाले सोका लागि आवश्यक विवरण पठाउन नेप्सेले सूचित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *