भारतका रिकी केजले तेस्रो ग्रामी अवार्ड जिते, बेयोन्सेले ३२ पटक जितेर इतिहास रचिन्
काठमाडौं । भारतका संगीतकार रिकी केजले आफ्नो पछिल्लो एल्बम ‘डिभाइन टाइड्स’का लागि तेस्रो ग्रामी अवार्ड जितेका छन्। यसरी तीनवटा ग्रामी पाउने उनी पहिलो भारतीय हुन्।
उनले ब्रिटिश रक ब्यान्ड ‘द पुलिस’का ड्रमर स्टीवर्ट कुपल्याण्डसँग ‘बेस्ट इमर्सिभ अडियो एल्बम’ विधामा अवार्ड बाँडे। रिकी केजले ट्वीटरमा लेखेका छन्, ‘भर्खरै मेरो तेस्रो ग्रामी अवार्ड जितेको छु । म अत्यन्तै कृतज्ञ छु। म यो पुरस्कार भारतलाई समर्पित गर्दछु।’
रिकी केजले सन् २०१५ र २०२२ मा पनि ग्रामी अवार्ड जितिसकेका छन् । अमेरिकाको लस एन्जलसमा आयोजित एक लाइभ कार्यक्रममा रिक केजलाई यो अवार्ड प्रदान गरिएको हो ।
अमेरिकाकी चर्चित गायिका तथा डान्सर बियोन्सेले ३२औं ग्रामी अवार्ड जितेर इतिहास रचेकी छिन् ।
लस एन्जलसमा आयोजित अवार्ड समारोहमा उनलाई ‘रेनेसान्स’का लागि बेस्ट डान्स वा इलेक्ट्रोनिक एल्बमको अवार्ड प्रदान गरिएको थियो ।
यसरी, बियोन्सेले हंगेरी मूलका ब्रिटिश संगीतकार जर्ज सोल्टीको रेकर्ड तोडिन्। सोल्टीले ३१ ग्रामी अवार्ड जितेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment