आजदेखि पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धि

डिसी नेपाल
२४ माघ २०७९ ७:४६

काठमाडाैं। गत राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

आयल निगमले जारी गरेको सुचना अनुसार अबदेखि नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ।

निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ। जसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रुपियाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ रहेको छ।

इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले गत १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बृद्धी भएर आएको थियो तर निगमले भने हाललाई तीन रुपैयाँ मात्रै बढाएको छ। आईअाेसीले मुल्य बृद्धि भएको सुची पठाए पछि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गर्नु परेको निगमको भनाइ छ।

पेट्रोलियम पदार्थ खरिद गरे बापत आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्नुपरेको र साथै, उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुु परेको निगमको भनाइ छ।

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्नेगर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *