हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment