कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२४ माघ २०७९ ११:१२

धनुषा। धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार मध्यराति कुकुरलाई बचाउने क्रममा ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा साह गम्भीर घाइते भएका थिए। तर, उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

घाइते भएपछि उनलाई उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, मा उपचारको क्रममा मंगलबार बिहान पौने ४ बजे उनको मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *