१३ करोडको घर छोडेर होटलमा आश्रित नवाजुद्दिन

डिसी नेपाल
२४ माघ २०७९ १३:४३

मुम्बई। बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी र उनकी पत्नी आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद चलिरहेको छ। यो सबै कुराबाट दिक्क भएर नवाजुद्दिन घर छोडेर होटलमा बस्न बाध्य छन्।

आलिया र नवाजकी आमाबीच सम्पत्तिलाई लिएर विवाद भइरहेको छ। यो मामलामा प्रहरीसम्म पुगेको छ। केही दिनअघि नवाजकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन्।

नवाजुद्दिनका एक साथीका अनुसार नवाजुद्दीनका वकिलले घरको यो विवाद समाधान नगरुञ्जेल नवाजुद्दिन होटलमै बस्नुपर्नेछ। गत वर्षमात्र १३ करोडमा घर किनेका नवाजुद्दीन अहिले घर छोडेर होटलमा बस्न बाध्य छन्।

नवाजको नयाँ घर मुम्बईको वर्सोवामा छ। उनले यो घरलाई रिनोभेट गर्न ३ वर्ष लगाएका थिए। यसलाई उनी ‘सपनाको महल’ मान्छन्। नवाजले १० करोड रुपैंयाँमा जमिन किनेका थिए। उनले घर बनाउनमा ३ करोड खर्च गरेका थिए। नवाज अधिकांश समय घरमै बिताउँछन्।

उनको घरमा ५ बेडरुम, २ सर्वेन्ट रुम, १ थिएटर, १ आलिसान लिभिङ रुम र १ किचन छ। उनले पिताको सम्झनामा घरको नाम ‘नवाब’ राखेका छन्।

नवाजलाई केही दिनअघिमात्र मुम्बई अदालतले नोटिस पठाएको थियो। ‘आलिया उनको कानूनी रुपले विवाहित पत्नी हुन् र उनी हरेक स्थानमा यही भन्छिन्। घरमा सीसीटीभी क्यामरा लगाएपछि त्यहाँ बडीगार्ड पनि छन्। जो आलियालाई बाथरुमसम्म जान पनि रोकिरहेका छन्। यस्तो अवस्थामा नवाजमाथि घरेलु हिंसाको मामला बन्छ। किनकी आलियाले कैयौं दिनसम्म खानसमेत पाएकी छैनन्। उनीमाथि मानसिक, भावनात्मक, शारीरिक र आर्थिक अवरोध गरिएको छ’, आलियाका वकिलले भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *