सेयर बजारमा हरियाली, ७६.६४ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२४ माघ २०७९ १५:१२

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.८५ अङ्कले बढेर ४१५.०१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज १२ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा न्याग्दी ग्रुप पावर र अपि पावरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमा हरियाली छाएको छ। आजको कारोबारमा बरुण हाइड्रोपावर र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आइसीआफसी फाइनान्स ऋणपत्र र एभरेष्ट बैंक ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *