मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ फागुन ४ गतेदेखि आउँदै

डिसी नेपाल
२५ माघ २०७९ ९:३४

काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ फागुन ४ गतेदेखि निष्काशन हुने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारी गर्ने २७ लाख २८ हजार ५०० कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ।

अब बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्तामा  सर्वसाधारणले  आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। यसमा लगानीकर्ताले फागुन १० गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *