सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

डिसी नेपाल
२५ माघ २०७९ १२:१२

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको छ। मंगलबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *