बलिउडलाई किन प्रिय छ दुबई ?

डिसी नेपाल
२५ माघ २०७९ १२:५२

मुम्बई। विश्वको सबैभन्दा धनी शहरमा पर्ने दुबईमा घर किन्नु बलिउड स्टारका लागि एउटा शोख नै हो। यो देश बलिउडलाई यति मनपरेको छ कि अधिकांश अभिनेता अभिनेत्रीले त्यहाँ घर नै किनेका छन्। दुबईका स्थानीय रियल स्टेट कारोबारीका अनुसार एक बिलासी जीवन बिताउनका लागि धनी भारतीय दुबईमा घर किन्न मन पराउँछन्।

बलिउडका नाम चलेका कलाकारहरुले दुबईमा घर नै किनेका छन्। जसमा शाहरुख खानदेखि अनिल कपुरसम्म पर्छन्।

शाहरुख खान

मुम्बईमा आलिशान मन्नत होस् या गाडीको संकलन, कुनै राजाभन्दा कम छैनन् शाहरुख । शाहरुखले दुबईको रेतीले समुन्द्र तट छेउमा एक घर किनेका छन् । मुम्बईको भागदौडको जिन्दगीबाट केही समय निकालेर उनी प्रायः यो घरमा आउँछन् ।

शिल्पा शेट्टी

अभिनेत्री शिल्पा शेट्टीको बुर्ज खलिफामा २ बीएचके घर थियो । यद्यपि उनले सन् २०१६ मा बेचिन् । उनले घर सानो भएका कारण बेच्नु परेको बताएकी थिइन् ।

ऐश्वर्या राय

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनसँग दुबईमा एक शानदार घर छ, जहाँ हरेक सुविधा उपलब्ध छन् ।

अनिल कपुर

अभिनेता अनिल कपूरको पनि दुबईमा घर छ। उनी प्रायः कामबाट बिदा लिए पछि परिवारका साथ समय बिताउन दुबई पुग्छन्।

जेबी भेन्चर्सका सहसंस्थापक विशाल गोयल दुबईमा घर किन्ने भारतीयमा पर्छन्। उनका अनुसार दुबई अन्तर्राष्ट्रिय आर्थिक केन्द्र बनिसकेको छ। फिनटेक इकोसिस्टमले कैयौं भारतीय युवा उद्यमीलाई दुबईले आकर्षित गरिरहेको छ।

यसबाहेक दुबईका मानिसको जीवनशैली र अग्ला भवनले विश्वलाई आकर्षित गरिरहेको छ। यो सहरमा विश्वस्तीय सामाजिक आधारभूत ढाँचा छन्। जसकारण पनि बलिउड आकर्षित भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *