७.१३ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ६९ करोडमाथिको कारोबार

डिसी नेपाल
२५ माघ २०७९ १५:२२

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अङ्कले बढेर ४१४.०० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रिम स्थानमा छ। यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा अपि पावर र न्याग्दी ग्रुप पावरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमा दुई उपसूचक बढेको छ भने बाँकी सबै घटेको छ। आजको कारोबारमा तेह्रथुम पावर र धौलागिरी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आदर्श लघुवित्त र पोखरा फाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *