प्रधानमन्त्री र युएसएआईडीका प्रमुखबीच भेटवार्ता

डिसी नेपाल
२५ माघ २०७९ १७:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकन नियोग युएसएआईडीका प्रमुख प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो ।  मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो। यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन्।

सामन्था मंगलबार नेपाल आएकी हुन्। नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहेकी छिन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *