यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

डिसी नेपाल
२६ माघ २०७९ ८:२९

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भएको थियो।

युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रूपैयाँ ६ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो।

यस्तै, बिहीबार बेलायती पाउण्डको खरिददर १५९ रूपैयाँ २५ पैसा र बिक्रीदर १५९ रूपैयाँ ९८ पैसा तोकिएको छ। यस अघि बुधबार यसको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको थियो।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रूपैयाँ २५ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसामा कारोबार भएको थियो।

बिहीबारका लागि क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८८ पैसा तोकिएको छ। यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ २ पैसा छ।

मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६४ पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ७८ पैसा छ। यस्तै, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९७ पैसा र बिक्रीदर भने ४३२ रूपैयाँ ९३ पैसा छ। यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९८ पैसा तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *