कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा

डिसी नेपाल
२६ माघ २०७९ ९:४२

काठमाडौँ।  कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा ल्याइएको छ। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १३८ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा १ हजारले भाग जाने संख्यामा खरिद आवेदन दिन सकिनेछ । बोलपत्र ११ फागुन बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौको कमलपोखरीस्थित कार्यालयमा पेस गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *