सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२६ माघ २०७९ ११:०१

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *