भेरी नदीमा वेपत्ता भएका दुई जना मध्ये एकको शव फेला

डिसी नेपाल
२७ माघ २०७९ २०:१७

काठमाडौं । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ ।

बिहिबार डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बि.बि. रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएपछि हराइरहेको उनीहरुको खोजीमा गएको सशस्त्र प्रहरी टोलीले एक जनाको शव फेला पारेको हो ।

‘सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बि.बि.रोकायको शव फेला पारेको हो अर्का एकजनाको खोजीकार्य भईरहेको छ’,सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *