अबको राष्ट्रपतिका उम्मेदवारहरु को-को ?

देउवा, ओली, सिटौला, ढुङ्गाना, पोखरेल, श्रेष्ठ, नेवाङ, ठाकुर ...

विजयप्रसाद मिश्र
२८ माघ २०७९ ९:००

काठमाडौं। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। अहिलेसम्म उम्मेदवारहरु को-को हुँदैछन् भन्ने बारेमा स्वयं उम्मेदवारीको चाहना गर्नेलाई समेत थाहा छैन।

प्रधानमन्त्री पुष्पकमल दहालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने जोड दिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महन्थ ठाकुरलाई संसद भवनबाटै सँगै बालकोटसम्म पुर्‍याएपछि कतै ओलीले केही नयाँ तुरुप त फाल्न लागेका होइनन् भन्ने राजनीतिक बृत्तमा हल्लाा चल्यो।

तर महन्थ ठाकुरले बालकोटबाट फर्किएपछि दिएको अभिव्यक्तिले ओली आफ्नै पार्टीका कसैलाई राष्ट्रपति उम्मेदवार उठाउँदैछन्।
जित्ने निश्चित भएको भए त अढाई वर्ष पछि के हो के हो? भनेर ओली आफै राष्ट्रपतिको उम्मेदवार बन्न सक्छन्।

यसमा माओवादी केन्द्रको साथ चाहिन्छ। शुक्रबार ओलीले महन्थ ठाकुरलाई प्रचण्डको विशेषताको बारेमा व्याख्या गर्दा गरेको शब्द छनौटलाई विश्लेषण गर्दा अब राष्ट्रपतिको निर्वाचनमा प्रचण्डको साथ नपाउने हो की भन्ने आशंका गरेको पाइएको छ।

हो प्रचण्डले आफ्नो पार्टीबाट नै संस्थागत निर्णय गराएको व्यहोरा हेर्दा पनि केपी ओलीले गोजीबाट निकालेको नामलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने र प्रचण्ड र उनका पार्टीले अन्धभक्त भएर मान्ने स्थिति भने छैन।

अब एमालेले बनाउने उम्मेदवारमा सुवास नेवाङ, बिष्णु रिमाल र इश्वर पोखरेल मध्ये १ जना हुनसक्दछन्। हुन त अष्टलक्ष्मी शाक्य र डा. शिवमाया तुम्बाहाम्फे पनि एमालेबाट राष्ट्रपतिका सशक्त दावेदारका रुपमा देखिन्छन्।

माओवादी केन्द्रले संगठनिक रुपमा नै राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउँदा पाएको दुःखको बारेमा विश्लेषण गरेर गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रयास अन्तिम सम्म प्रचण्डले कसरत गर्ने छन्। प्रचण्डलाई बाध्य बनाउन केपी ओलीले देव गुरुङलाई राष्ट्रपतिमा प्रस्ताव गरिदिन सक्दछन्। त्यसैगरी भारतको चाललाई रणभुल्लमा पार्न एमालेले महन्थ ठाकुरलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्नपनि सक्दछन्।

डा. शिवमायालाई उपराष्ट्रपति भएपनि बनाउने हो कि भन्ने फरक सोच पनि कहिलेकाहीँ आउने गरेको छ। नेकपा माओवादी केन्द्रले यी सबै मध्ये कसैलाई स्वीकार नगर्ने स्थिति भने देखिएको छ।

माओवादी केन्द्रले डा. बाबुराम भट्टराई वा कल्याण श्रेष्ठमध्ये कसैलाई उम्मेदवार बनाउन खोजेको हो कि भन्ने देखिएको छ। नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलाको नाम अघि सारेमा माओवादीले हुँदैन भन्न सक्ने स्थिति छैन।

बरु प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भेट गर्नुले कतै शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने प्रस्ताव राख्दा कांग्रेसको अर्को खेमाले पाँच वर्षसम्म प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सक्छ भनेर प्रश्न गरे होलान भन्ने अनुमान गरिएको छ।

कांग्रेसको दुबै खेमासँग भेटेर आफ्नो प्रधानमन्त्रीको आयूलाई लम्याउने रणनीतिमा जसलाई राष्ट्रपति बनायो उसैले समर्थन गर्ने पक्षमा प्रचण्ड रहेका छन्। यसका लागि उनको प्रधानमन्त्री पद बढीभन्दा बढी समय टिकाउन कि त केपी ओलाी कि त शेरबहादुर देउवामध्ये एकलाई राष्ट्रपति उठाउन सकेभने प्रचण्डको रणनीति सफल हुने छ।

दुबै हेवीवेटबाला उम्मेदवार हुन्। उनीहरु निर्विरोध पाएपछि मात्र राष्ट्रपति बन्न अग्रसर हुन्छन्। जुन अहिलेको एमाले र माओवादीबीचको शीत युद्धले गर्दा सम्भव देखिँदैन।

नेपालको राष्ट्रपति आफ्नो पक्षमा पार्न भारत र अमेरिका पछिल्लो समय बढी सक्रिय देखिएको छ। चीन र यूरोपियन यूनियन पनि आफ्नो शुभचिन्तकलाई राष्ट्रपति बनाउन पाए हुन्थ्यो भन्नेमा छ।

अमेरिकाले डेमोक्रेटिक समिटमा भाग लिनका लागि प्रधानमन्त्री दहाललाई निमन्त्रणा दिइसकेको छ भने भारतका उच्च पदस्थ कर्मचारी पुष्पकमल दहाललाई भारत आउन निम्ता दिन आउँदैछन्। यसले भारतले प्रधानमन्त्रीलाई बोलाउन किन ढिला गरेको हो भन्ने बुझिएको छैन।

चीनले त पुष्पकमल दहाललाई पहिलो पटक प्रधानमन्त्री भएकै बेलामा चीनले हामीसँग हातमात्र मिलाउनु, भारतीयहरुसँग त गला नै मिलाउनु नत्र तिमीहरुको खैरियत रहन दिँदैन भारतले भनेर सिकाएकै थिए। त्यो अहिले पनि निरन्तर छ। त्यसैले प्रचण्ड भारतको निम्तोको पर्खाइमै छन्।

भारत गएपछि प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिका लागि फलानालाई उम्मेदवार बनाउनु भन्न सक्दछन्। त्यसमा प्रचण्डले कसरी साथ दिने हुन त्यो हेर्न बाँकी छ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नपाएकोमा पछुतो गरिरहेका प्रचण्डले उनी र गिरिजाप्रसाद कोइरालाबीच मित्रता गराइदिन सहजीकरण गर्ने कृष्णप्रसाद सिटौलालाई राष्ट्रपति बनाउन चाहन्छन् कि भन्ने छ।

तर माओवादी केन्द्रले संगठनिक रुपमा नै राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउँदा पाएको दुःखको बारेमा विश्लेषण गरेर गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रयास अन्तिम सम्म प्रचण्डले कसरत गर्ने छन्।

प्रचण्डलाई बाध्य बनाउन केपी ओलीले देव गुरुङलाई राष्ट्रपतिमा प्रस्ताव गरिदिन सक्दछन्। त्यसैगरी भारतको चाललाई रणभुल्लमा पार्न एमालेले महन्थ ठाकुरलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्नपनि सक्दछन्। तर यसको सम्भावना ज्यादै न्यून छ।

शेरबहाादुर देउवाले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउँदा कसलाई बनाउने भन्नेमा पनि एक्कीन गर्न सकेका छैनन्। चीनले डा. शेखर कोइरालालाई कांग्रेसले राष्ट्रपति बनाइदियो भने हुन्थ्यो भन्ने भित्रदेखि इच्छा जाहेर गरेको हल्ला पनि चलेको छ।

डा. शेखर र गगन थापा दुबैले मिलेर शेरबहादुर देउवालाई राष्ट्रपतिमा जान बाध्य पार्न सकियो भने पार्टी आफ्नो कब्जामा पार्न सहज हुने अनुमान गरिरहेका छन्।

यस्तो अवस्थामा शुरुमा चर्चामा आएका रामचन्द्र पौडेलले यसपटक पनि राष्ट्रपति हुन नपाउने अवस्था देखिएको छ। हुन त नारायणमान विजुच्छे पनि योग्य हुन तर उनलाई बामपन्थीहरुले नै बन्न दिँदैनन्।

गैर राजनीतिक व्यक्तिमा जगमान गुरुङ, बैरागी काँइला, तिलविक्रम नेवाङ, दुर्गालाल श्रेष्ठ, ज्ञानमणी नेपाल, महेशराज पन्त, दिनेशराज पन्त, डा. सुन्दरमणि दिक्षित, प्रो. डा. सुरेन्द्र केसी, दमननाथ ढुङगना, अनुराधा कोइराला, केदारभक्त माथेमा, सुरेशराज शर्मा, डा. देवेन्द्रराज पाण्डेजस्ता व्यक्तिहरुको नाम आइरहेको छ। पूर्वप्रधानन्यायाधीशहरुका नामहरु पनि आएका छन्।

सीपी मैनालीले राधाकृष्ण मैनालीको नाम राष्ट्रपतिको रुपमा नाम लिइरहँदा स्वयं सीपी मैनालीलाई पनि कसैले नाम लिइदिए फरक पर्दैन। राजा ज्ञानेन्द्र शाहलाई नै बनाउनु पर्दछ भन्नेहरु देखि पशुपति शमशेर जबरालाई राष्ट्रपति बनाए पनि हुन्छ भन्नेहरु पनि छन्। मधेसबाट महन्थ ठाकुर, उपेन्द्र यादव वा सिके लाल पनि उत्तिकै उपयुक्त पात्रहरु हुन्।

नेपालमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा चलिरहेको बहसले नयाँ नयाँ नाम एकपछि अर्को गरेर आइरहेका छन्। तर प्रचण्डले आफ्नो पदलाई लामो अवधि टिकाउने रणनीतिमा जाने हो भने कित शेरबहादुर देउवा कित केपी ओलीलाई नै राष्ट्रपतिको उम्मेदवार बन्न अनुरोध गर्नेछन्।

हैन भने उनको च्वाइसमा पहिलो डा. बाबुराम भट्टराई, दोस्रोमा कृष्णप्रसाद सिटौला पर्नेछन्। यी दुबै नहुने अवस्था आएमा प्रचण्डले जो सुकै होस कांग्रेसलाई कोटा दिएको जस्तो गर्ने तर त्यो व्यक्ति गैरराजनीतिक व्यक्ति होस भन्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *