‘पछ्यौरीको फर्को’ बोलको म्यूजिक भिडियो सार्वजनिक

डिसी नेपाल
२९ माघ २०७९ १०:३२
120
Shares

काठमाडौँ। चर्चित फोटोग्राफर कुवेर तामाङ पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन्। एक पछि एक सफल भिडियो निर्देशन गर्दै आईरहेका कुवेरको निर्देशन अर्को गीत राज केसी र जेसिका केसीको स्वरमा ‘पछ्यौरीको फर्को’ सार्वजनिक भएको छ। ह्यारी महर्जन र दिपशन डंगोलको छायांकन रहेको भिडियोलाई संजय अधिकारीले सम्पादन गरेका छन्।

चकलेटी नायकको उपमा पाएका मोडल संजित भण्डारीको मुख्य अभिनय रहेको उक्त भिडियोमा उनलाई मोडल कंचन र प्रार्थनाले नृत्यमा साथ दिएका छन्। नायक संजित अभिनित आंधी तुफान २ शहरका विभिन्न हलहरुमा भव्य प्रर्दशन भैरहेको छ भने नेपालमा एकै चलचित्रबाट अभिनयमा सर्वाधिक अवार्ड जित्ने नायकको रुपमा समेत उनले परिचय स्थापित गरेका छन्। उनी अभिनित पछिल्ला म्यूजिक भिडियोहरु सफल भएका छन्।

सनिश परियारको शब्द संगीतमा तयार गीत रमेश सुवेलीले कम्पोज गरेका हुन्। गीतलाई अर्जुन थापाले एरेन्ज गरेका थिए भने मन बहादुर बरालले मिक्सिगं गरेका थिए। भिजन नेपाल फिल्मसमा पोष्ट प्रडक्सन गरिएको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *