अस्ट्रेलियाको भिक्टोरियामा सामुहिक ब्रतबन्ध

डिसी नेपाल
१ फागुन २०७९ २३:०२

अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अवस्थित गणेश मन्दिर (नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा आयोजना गरिएको पहिलो सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ।

कार्यक्रममा भिक्टोरिया निवासी सात र क्यानडादेखि घुम्न आएका एक गरी ८ जनाको सामुहिक ब्रतबन्ध परम्परागत बिधिपुर्वक पण्डित शंकर प्रसाद गौतमद्धारा गराइएको थियो।

सम्पन्न कार्यक्रमपश्चात गरिएको समालोचनात्मक छलफलका आधारमा ८ जनाको सहभागिता ठिक्कको संख्या भएको र सहभागी प्रत्येकलाई ब्रतबन्ध गर्दा अपनाइनुपर्ने परम्परागत सम्पूर्ण बिधिमा राम्रोसँग सहभागी गराउन भबिष्यमा बढीमा १० जनासम्मलाई संलग्न गराइ कार्यक्रम गर्न सकिने धारणा बनेको छ।

सामुहिक ब्रतबन्धको लागि आवश्यक सम्पूर्ण सामग्रीको ब्यवस्थापन र अन्य ब्यवस्थाको लागि संयोजनको भूमिका उमेश श्रेष्ठद्धारा गरिएको थियो। कार्यक्रम गर्दा उठेको रकमबाट सम्पूर्ण खर्च कटाएर बाँकी रकम मन्दिर बिस्तारको योजनामा खर्चिइनेछ।

कार्यक्रममा नेपाल सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सल्लाहकार, निर्वाचन आयुक्त जस्ता थुप्रै जिम्मेवारी बहन गरिसकेका विश्वमान श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, पूर्व सह सचिव एवं लेखिका तथा साहित्यकार मोतीशोभा श्रेष्ठ लगायत १०० जना बढीको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *