‘मायालुले मलाई बोलाइदेउन’ बोलको गीत सार्वजनिक

डिसी नेपाल
३ फागुन २०७९ ११:२६
324
Shares

काठमाडौँ। गायक कृष्ण पाण्डेको ‘मायालुले मलाई बोलाइदेउन’ बोल रहेको गीत सार्वजनिक भएको छ। उक्त गीतमा गायक स्वयम कै संगीत रहेको छ र उनलाई साथ दिएकी छन् गायिका मेलिना मैनालिले ।

यस् गीतमा शब्द हिमान्शु रायमाझी गोधुलिको रहेको छ। गोधुलिले यहाँभन्दा पहिला धेरै हिट गीत बजारमा दिईसकेकी छिन्। जस्तै एक कान दुई कान मैदान भैदियो, झुमा झल्का पिरती र अन्य रहेका छन्।

चर्चित एरेन्जर तथा संगीतकार मनोज चौलागाईं को एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन्। गीतलाई हिमान्शु रायमाझी गोधुली च्यानलमा गएर हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *