राष्ट्रपति कांग्रेसकै उम्मेदवार बन्नेमा कुनै शंका छैनः विश्वप्रकास शर्मा

डिसी नेपाल
७ फागुन २०७९ १५:५७

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । उहाँले भन्नुभयो, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।”

महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उनले त्यसमा कसले के कति गल्ती ग¥यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताए । अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *