माधव नेपाललाई राष्ट्रपति बनाएर संसदमा ठूलो दल बन्ने ओलीको दाउ

डिसी नेपाल
१० फागुन २०७९ ११:५७

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई ठूलो दलको संसदीय हैसियत कायम गराउन माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेका छन्।

उनले लामो समयदेखि आफूप्रति क्रुद्ध रहेका र आफ्नै पार्टी बिभाजन गरेर एकीकृत समाजवादी गठन गरेका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको अफर गर्नुको कारण दश सांसदलाई आफ्नो पार्टीमा समाहित गर्ने योजना रहेको बताइएको छ।

एमालेबाट बिभाजित भएर गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने उनको रणनीतिको पछाडि सांसदको ठूलो दलको हैसियत कायम गर्ने ओलीको दाउ रहेको छ।

लामो समयदेखिको तिक्तता कायमै रहेका बेला अप्रत्याशित रुपमा ओलीले नेपाललाई राष्ट्रपतको रुपमा प्रस्ताव गर्नुको पछाडि ओलीले एकीकृत समाजवादीका दश सांसदसहित एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने उद्देश्य रहेको बताइन्छ।

अहिले संसदमा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेससँग ८९ सांसद रहेका छन्। एमालेसँग ७९ सांसद रहेका छन्। जस अनुसार माधव नेपाल राष्ट्रपति बने उनीसँग रहेका दश सांसदमध्ये नौ जना आउँदा एमालेका ८९ सांसद हुन पुग्दछन्।

यता कांग्रेसका ८९ सांसदमध्ये एक जना निलम्बनमा परेका छन्। कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। उनी मनाङबाट निर्वाचित भएका हुन्। अहिले कांग्रेसँग ८८ सांसद रहेका छन्। त्यसो हुँदा एमाले र कांग्रेसको सदनमा संसद संख्या बराबरी हुन आउँछ।

तर, माधव नेपाल राष्ट्रपति बने भने रौतहट-१ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। उक्त क्षेत्रमा एमालेको संगठन मजबुद भएको मानिन्छ। जहाँ माधव नेपालले जितेका थिए। सोही क्षेत्रबाट एमालेका उम्मेदवारलाई जिताएर संसदको संख्या ८९ पुर्‍याउने ओलीको दाउ रहेको बताइन्छ।

आउँदो बैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुँदैछ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएसँगै उक्त क्षेत्रमा निर्वाचन हुन लागेको हो।

चितवन २ मा रवि लामिछानेको उम्मेदवारीको विषयलाई बिवाद रहेको छ। उनको दोहोरो राहदानीको मुद्दा चलिरहेकाले त्यस क्षेत्रमा उम्मेदवारी दिने कुनै टुंगो छैन। यसर्थ उक्त क्षेत्र समेत एमालेको सांगठनिक अवस्था बलियो रहेको क्षेत्र हो।

ओलीको यही दाउलाई बुझेर एकीकृत समाजवादीका सम्मानित नेता तथापूर्वप्रधानमन्त्री झलनाथ खनाल समूह असन्तुष्ट रहेको बताइन्छ। उनले एमालेसँग विद्रोह गरेको बताउँदै ओलीको खरो आलोचना गर्दै आएका छन्।

नेकपा (एकीकृत समाजवादी) ले बुधबार सचिवालय बैठब बोलाएको छ। पार्टी महासचिव बेदुराम भुसालले बुधबार १ बजे बैठक बोलाएको जानकारी दिए। उनले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल गरिने बताए।

एमाले अध्यक्ष ओलीको पार्टी अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न गरिएको प्रस्ताबको विषयमासमेत छलफल हुने उनले जनाए।
यता पार्टी एकताको तयारी गरेर वार्ता समित समेत गठन गरेको नेकपा(माओवादी केन्द) एकीकृत समाजवादीसँग एमालेसँग निजिकिँएपछि अन्यौलपूर्ण बनेको छ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कही दिन यता समाजवादीसँग पार्टी एकताको तयारी गरेका थिए।

माओवादी केन्द्रले प्रवक्ता कृष्णबहादुर महराको संयाजकत्वमा वाता समिति गठन गरेका थिए। वार्ता समितिले चरणबद्ध रुपमा समाजवादीसँग छलफलसमेत गरेको थियो।

तर, पछिल्लो समय माओवादीले कुनै हालतमा एमालेको राष्ट्रपति उम्मेदवारलाई समर्थन नगर्ने संकेत पाएपछि एमाले अध्यक्ष ओलीले तय गरेको रणनीतिले नयाँ राजनीतिक आयामको संकेत गरेको छ। यसले सत्ता साझेदार दलभित्रै तीव्र किचलो उत्पन्न गराएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *