सहमति भए महन्थ ठाकुर राष्ट्रपतिका लागि उपयुक्त पात्र होः सभापति देउवा

डिसी नेपाल
१० फागुन २०७९ १२:५७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको सहमति भए महन्थ ठाकुरलाई स्वीकार्न कांग्रेस तयार रहेको बताएका छन् ।

बुधबार बिहान धुम्बाराहीस्थित देउवा निवासमा पुगेका लोसपाका नेताहरुसँगको भेटमा उनले राष्ट्रपतिमा महन्थ ठाकुर उपयुक्त पात्र रहेको बताएको लोसपाका नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

सभापति देउवाले लोसपाका नेताहरुको प्रस्ताबलाई पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएको लोसपा नेता भण्डारीले बताए । नेता भण्डारीका अनुसार महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने लोसपाको प्रस्तावमा देउवा सकारकात्मक देखिएका छन् ।

भेटमा लोसपाका नेता र कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूका उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *