राष्ट्रपतिकाे उम्मेदवार छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं। राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बिहान ११ बजेवाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटघाट पछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकवाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ।
तर, नाम भने बैठकवाट सार्वजनिक नगरिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment