प्रवासी नेपाली संघ भारतको आठौं केन्द्रीय सम्मेलन: अध्यक्षमा हुमागाईं निर्वाचित

सुवास बस्नेत
११ फागुन २०७९ १२:५२

नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारतको आठौँ केन्द्रीय सम्मेलन मंगलबार सम्पन्न भएको छ। १९ देखि २१ फरवरी, २०२३ सम्म महाराष्ट्रको पुणे शहरमा आयोजित सम्मेलनले संघका पूर्व उपाध्यक्ष नारायणप्रसाद हुमागाईंलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो।

सम्मेलनमा सहभागी प्रतिनिधिप्रति उत्तरदायी र जवाफदेही सम्मेलन कक्षबाट राज्य, राज्यबाट निर्वाचित केन्द्रीय कमिटीले आफ्नो पदाधिकारीको चयन गरेको हो।

सम्मेलनलाई नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दीप प्रज्जवलसँगै समुद्घाटन गरेका थिए। भारतस्थित प्रवासी नेपाली समुदायमाझ क्रियाशील संघसंस्थाको प्रतिनिधित्वसहित नेकपा एमालेको नेतृत्व सहभागी सम्मिलित सम्मेलनमा भारतभरिका १२ वटा राज्य तथा संयुक्त राज्यका प्रतिनिधि, कलाकार र स्वयंसेवकको उपस्थिति रहेको थियो।

आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलनले नारायणप्रसाद हुमागाईंको अध्यक्षमा ७५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

उपाध्यक्षमा हरियाणा राज्यबाट सीता अधिकारी, सचिवमा महाराष्ट्र राज्यबाट डम्बर रावल, महाराष्ट्रकै नासिकबाट उपसचिवमा गिरिराज बेलबासे र अर्को उपसचिवमा चेन्नईबाट कृष्णप्रसाद पोखरेल निर्वाचित भएका छन्।

प्रवासी नेपाली संघ भारत संस्थापक नेता लक्ष्मण रायमाझीको अध्यक्षतामा हरिप्रसाद घिमिरे, युवराज बास्कोटा, तिलबहादुर विश्वकर्मा र ईश्वरी भण्डारी सम्मिलित ५ सदस्यीय अध्यक्षमण्डलले निर्वाचन समालेको थियो। प्रवासी नेपाली संघ भारत नेकपा एमाले संवद्ध जनवर्गीय संगठन हो।

नेकपा (एमाले) ले नवौ महाधिशेन पूर्व भारतलाई अञ्चल स्तरीय कमिटिको दर्जा दिएको थियो। नवौं महाधिशेन पश्चात केही समय अस्तव्यस्त भएता पनि प्रवासी नेपाली संघ भारत अहिले नेकपा (एमाले)को प्रदेश स्तरीय कमिटी हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *