सन्धिखर्क नगरपालिकाले गर्‍यो कृषकलाई मेसिन वितरण

डिसी नेपाल
१२ फागुन २०७९ १४:०७

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेको छ ।

कृषकको मागका आधारमा कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेकामा पशुपालनमा लागेका कृषक खुसी भएको कृषक बाबुराम पाण्डेले बताए । सन्धिखर्क नगरपालिकाको पशु सेवा शाखाले कृषकको मागका आधारमा व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा डिप फ्रिज १९, विद्युतीय घाँस काट्ने मेसिन ७५ प्रतिशत अनुदानमा नौ र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन ५० प्रतिशत अनुदानमा १८ वितरण गरेको पशु सेवा शाखाका शाखा प्रमुख नारायण खनालले बताए।

पशुपालनमा लागेका कृषकलाई व्यावसायिकता, आधुनिकीकरण र प्रविधिमैत्री बनाउन डिप फ्रिज, घाँस काट्ने मेसिन र भकारो सोहोर्ने मेसिन वितरण गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले दुग्ध तथा मासुजन्य पदार्थको संरक्षण गर्नाका साथै समयको बचत गर्न र थोरै कामदारबाट धेरै पशुपालन गरी उत्पादन वृद्धि गर्ने नगरपालिकाले अपेक्षा लिएको जानकारी दिए ।

उत्पादन बिना आर्थिक समृद्धि नहुने भएको जनाउँदै कृषि र पशुपालनबाट मात्र आर्थिक समृद्धि हुने नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले बताउनुभयो । उनले छोटो समयमै आधुनिक र प्रविधिमैत्री तरिकाबाट कृ
षि तथा पशुपालन गर्दा कृषकलाई बढी फाइदा हुने जनाउँदै व्यावसायिक कृषि र पशुपालनमा लागेका कृषकलाई नगरपालिकाले सहयोग गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *