भारतमा रुस वा चीनका विदेशमन्त्रीलाई भेट्ने योजना छैन : एन्टोनी ब्लिन्केन

डिसी नेपाल
१८ फागुन २०७९ १५:००
16
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार नयाँ दिल्लीमा हुने जी-२० विदेश मन्त्रीहरूको बैठकमा रुस वा चीनका विदेशमन्त्रीलाई भेट्ने कुनै योजना नभएको बताएका छन्।

बुधवार, ब्लिन्केन कजाकिस्तान र उजबेकिस्तानको छोटो भ्रमणमा थिए जहाँबाट उनी जी-२० बैठकको लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए।

नयाँदिल्लीमा हुने बैठकमा रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा महत्वपूर्ण छलफल हुने विश्वास गरिएको छ । यस बैठकमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र चीनका विदेशमन्त्री छिन ग्याङ सहभागी छन् ।

“मेरो जी-२० मा कसैलाई (चीन वा रुसका विदेश मन्त्रीहरू) भेट्ने कुनै योजना छैन। तथापि, हामी निश्चित रूपमा कुनै पनि समूह छलफलमा संलग्न हुनेछौं,” ब्लिन्केनले उज्वेकिस्तानको राजधानी तास्कन्दमा भने।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार रुसको विदेश मन्त्रालयका एक अधिकारीले नयाँ दिल्लीमा भारतले आयोजना गरेको रात्रिभोजअघि सेर्गेई लाभरोभले कम्तीमा सात देशका विदेशमन्त्रीहरूसँग भेट गर्ने बताएका छन् ।

यो रात्रिभोजमा ४० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने सम्भावना छ । जी-२० को मुख्य बैठक बिहीबार बस्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *