पाकिस्तानामा महंगीले ४८ वर्षको कीर्तिमान तोड्यो, डलरको तुलनामा रुपैया अझै घट्यो

डिसी नेपाल
१८ फागुन २०७९ १५:३०
60
Shares

काठमाडौं । पाकिस्तानमा महंगी फेब्रुअरी महिनामा ३१.५ प्रतिशतको उच्च स्तरमा पुगेको छ । सन् १९७५ पछि महंगी यति उच्च स्तरमा छ ।

चालु आर्थिक वर्षको गत जनवरीमा महंगी दर २७.६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकको औसत महंगी २६ दशमलव १९ प्रतिशत रहेको छ ।

फेब्रुअरीमा खाद्यवस्तुमा सबैभन्दा बढी महंगी देखिएको छ भने खाद्यवस्तुको मूल्यमा ४५ प्रतिशतले वृद्धि भएको छ ।

यसअघि सन् १९७५ को अप्रिलमा महंगी दर २९ दशमलव ३ प्रतिशत थियो ।

अर्कोतर्फ बुधबार पाकिस्तानी रुपैयाँको तुलनामा डलरको भाउमा भारी वृद्धि भएको छ ।

अन्तरबैंक कारोबारमा डलर ४.६१ रुपैयाँले बढेर २६६.११ रुपैयाँमा पुगेको छ ।

जबकि खुला बजारमा डलरको भाउ रु.२७५ पुगेको छ ।

मुद्रा व्यापारीहरुका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाकिस्तानको सम्झौता रुपैया कमजोर हुनुको प्रमुख कारण हो, जसले बजारमा नकारात्मक असर पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *