इजरायलमा न्यायपालिका परिवर्तनको चर्को विरोध, प्रदर्शनकारीमाथि ग्रेनेड प्रहार
काठमाडौं । इजरायलको न्यायपालिकामा ठूलो परिवर्तन गर्ने दक्षिणपन्थी सरकारको योजनाको बिरूद्ध उग्र प्रदर्शनको क्रममा तेल अवीवमा प्रहरीले प्रदर्शनकारीहरूमाथि स्टन ग्रेनेडहरू प्रहार गरेको छ।
आन्दोलनकारीहरू भन्छन् कि यी परिवर्तनहरूले न्यायिक स्वतन्त्रतामा सम्झौता गर्नेछ र लोकतन्त्रको लागि खतरा हो।
हजारौं प्रदर्शनकारीले तेल अवीव र जेरुसेलम बीचको मुख्य सडक अवरुद्ध गरेका छन्। हातमा इजरायली झण्डा बोकेका प्रदर्शनकारीले इजरायलमा तानाशाही चल्दैन, नारा लगाएका थिए ।
सामाजिक सञ्जालका फुटेजमा प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड तोड्नबाट रोकेको देखाउँछ।
प्रहरीले नौ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । इजरायली सरकारले न्यायपालिका परिवर्तनले सरकारका विभिन्न विभागहरूबीच सामंजस्य ल्याउने बताएको छ।
सरकारका मन्त्रीहरूले आन्दोलनकारीलाई अराजकतावादी भनेका छन् ।







डिसी नेपाल







Facebook Comment