ग्रीसका प्रधानमन्त्रीले भयानक रेल दुर्घटनालाई मानवीय गल्ती भने

डिसी नेपाल
१८ फागुन २०७९ १६:४४

काठमाडौं । ग्रीसमा भएको रेल दुर्घटनामा हालसम्म ४३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि कतिपय ठाउँमा विरोध प्रदर्शन पनि भएका छन् ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यो दुर्घटना मानवीय त्रुटिको परिणाम भएको बताएका छन् । प्रधानमन्त्रीले बुधबार घटनास्थल पुगेका थिए ।

यो दुर्घटनामा एउटा मालगाडी र यात्रुवाहक रेल एक आपसमा ठोक्किएका थिए । दुर्घटनापछि ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् ।

स्थानीय स्टेसन मास्टरविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उद्धार टोलीले घाइतेको खोजी गरिरहेको छ भने केहीको अस्पतालमा उपचार भइरहेको छ ।

यद्यपि, यो अझै स्पष्ट भएको छैन कि कसरी दुईवटा रेल एकै समयमा ट्र्याकमा आमने सामने आए।

सिग्नल दिन जिम्मेवार स्टेशन मास्टरले कुनै गल्ती नभएको र प्राविधिक कारणले दुर्घटना भएको बताए ।

प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने, “कानूनले आफ्नो बाटो लिन्छ, दोषीलाई पक्राउ गरिनेछ। सरकार आम जनताको साथमा छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *