नागाल्याण्डका जनताले रचे इतिहास, ६० वर्षपछि पहिलो महिला सांसद निर्वाचित

डिसी नेपाल
१८ फागुन २०७९ १६:५४

काठमाडौं । भारतका उत्तरपूर्वी तीन राज्य मेघालय, नागाल्याण्ड र त्रिपुराको नतिजा बिहीबार आयो। नागाल्याण्डमा जनताले इतिहास रचे। यहाँ पहिलो पटक महिला विधायक निर्वाचित भएकी छन् । दिमापुर–३ सिटबाट भाजपाको सहयोगी एनडीपीपी पार्टीकी उम्मेदवार हेकानी जाखलु विजयी भएकी छिन् । योसँगै उनी नागाल्याण्डकी पहिलो महिला विधायक बनेकी छिन् ।

दिमापुर–३ बाट हेकानी जाखलु १५३६ मतले विजयी भएकी छिन् । उनले लोक जनशक्ति पार्टी (रामविलास) का उम्मेदवार इजेतो झिमोमीलाई हराइन् । तर, नागाल्याण्डले यसपटक अर्की पनि महिला विधायक पाउन सक्ने अनुमान गरिएको छ । जाखलु बाहेक पश्चिम अंगामी सिटबाट एनडीपीपीकी सालाउटुओनुओ क्रुसे ४०० भन्दा बढी मतले अगाडि छिन् ।

नागाल्याण्डमा अहिलेसम्म १४ पटक विधानसभाको निर्वाचन भएको छ । तर यसअघि कुनै पनि महिला विधायक बन्न सकेका थिएनन् । यसपटकको विधानसभा चुनावमा १८३ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये चार महिला उम्मेदवार छन् । हेकानी जाखलुका अलावा क्रुसे, टेनिङ सिटबाट कांग्रेसकी रोजी थम्पसन र अटोइजु सिटबाट भाजपाकी काहुली सेमा पनि चुनावी मैदानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *