शरणार्थी शिविरमा झडप हुँदा एकको मृत्यु, सात घाइते

डिसी नेपाल
१९ फागुन २०७९ १३:३०
100
Shares

बेरुत। दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन्।

नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल–हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपमा सुरु भएको केही समयपछि सशस्त्र झगडामा परिणत भएको बताइएको छ।

हताहत बाहेक झडपमा कैयौ सवारी साधन र पसलहरुमा पनि ठूलो क्षति पु¥याएको लेबनानमा रहेको अंग्रेजी समाचारपत्र आफ्नो वेबसाइटमा जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *