अमेरिकी कम्पनीको लगानीपछि अडानी समूहको शेयर मूल्य बढ्यो
काठमाडौं । अमेरिकी सम्पत्ति व्यवस्थापन फर्म जीक्यूजी पार्टनर्सले कम्पनीहरूमा १.८७ अर्ब डलर लगानी गर्ने निर्णय गरेपछि शुक्रबार अडानी समूहको शेयरमा वृद्धि भएको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार जीक्यूजी पार्टनर्सको निर्णयपछि अदानी समूहको कोष जुटाउन सक्ने क्षमतासँग सम्बन्धित शंकाको अन्त्य भएको छ ।
अडानी समूहले लगानीकर्ताहरूको विश्वास जित्न सक्दो प्रयास गरिरहेको छ। छोटो बिक्रेता फर्म हिन्डेनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरूको बजार मूल्यमा १३० अर्ब डलरको गिरावट आएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment