नोबेल पुरस्कार विजेता कार्यकर्तालाई बेलारुसमा १० वर्षको जेल सजाय सुनाइयो

डिसी नेपाल
२० फागुन २०७९ १२:५४
8
Shares

काठमाडौं । बेलारुसको एक अदालतले नोबेल पुरस्कार विजेता एलेस बिलियात्स्कीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

उनीमाथि अवैध रूपमा बेलारुसमा पैसा ल्याएको र विरोध प्रदर्शनलाई आर्थिक सहयोग गरेको आरोप लगाइएको छ।

तर, एलेस बिलियात्स्कीले यी आरोपहरू अस्वीकार गरेका छन्।

एलेस एक प्रजातन्त्र समर्थक कार्यकर्ता हुन् र उनको मानव अधिकार समूह मध्ये एकले २०२० मा बेलारुसमा प्रदर्शनकारीहरूलाई कानुनी र आर्थिक सहायता प्रदान गर्‍यो।

उनका सहायक, भ्यालियन्सिन स्टेफानोविचलाई नौ वर्षको जेल र अर्का कार्यकर्ता उलादजिमिर लाबकोविचलाई सात वर्षको जेल सजाय सुनाइएको छ।

बेलारुसबाट निष्कासित नेता स्वेतलाना तिखानोभस्कायाले यो निर्णयलाई लाजमर्दो अन्यायपूर्ण भनेकी छन्।

विपक्षीहरूले बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोले विपक्षीहरूको आवाज दबाएको आरोप लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *