क्वाडका परराष्ट्रमन्त्रीले दिल्लीमा भेटे, चीनको कटाक्ष

डिसी नेपाल
२० फागुन २०७९ १२:५६
52
Shares

काठमाडौं । चीनले फेरि अमेरिका, भारत, अष्ट्रेलिया र जापानको समूह क्वाडको आलोचना गरेको छ।

चीनले शान्ति र विकासका लागि देशबीच सहकार्य हुनुपर्ने र केही देशका सम्बन्धमा ब्लक बनाउन नहुने बताएको छ ।

दिल्लीमा चार देशका विदेशमन्त्रीहरुको चौथो बैठक भएको थियो । उक्त बैठकमा इन्डो–प्यासिफिक क्षेत्रको अवस्थाको विस्तृत समीक्षा गरिएको थियो ।

यस बैठकको अध्यक्षता भारतका विदेशमन्त्री एस जयशंकरले गरेका थिए । बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा चार देशले स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सञ्चारमाध्यममा विज्ञप्ति जारी गर्दै चीनले कयौंपटक क्वाडका सम्बन्धमा आफ्नो अडान प्रस्तुत गरेको बताइन्।

उनले भनिन्, “शान्ति र विकास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसलाई ध्यानमा राखेर देशहरूबीच सहकार्य हुनुपर्छ, केही देशलाई बहिष्कार गर्ने ब्लक बनाउनु हुँदैन ।”

“हामी आशा गर्छौं कि केही देशहरूले क्षेत्रीय शान्ति र स्थिरता कायम राख्दै क्षेत्रीय देशहरू बीचको सुरक्षा र पारस्परिक विश्वासमा योगदान पुर्‍याउन थप योगदान गर्न सक्छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *