‘युद्धविरामपछि द्वन्द्वग्रस्त कङ्गोमा मानवीय सहायता पुर्‍याइने’

डिसी नेपाल
२० फागुन २०७९ २२:३३

किन्शासा । यूरोपेली सङ्घ (ईयू) ले द्वन्द्वग्रस्त प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई सहयोग पु¥याउन ‘मानवीय सहायता’ पठाउन लागिएको ब्रसेल्सले शनिबार जनाएको छ ।हवाई मार्गबाट पु¥याइने यो सहयोग कङ्गोको पूर्वी उत्तरी किवु प्रान्तको राजधानी गोमासँग जोडिनेछ । किवुमा विद्रोही समूह एम–२३ सँगको लडाइँका कारण छ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अभियानले अन्य आपतकालिन सामग्रीका साथै चिकित्सा र पोषण सामग्रीको रूपमा मानवीय सहायता प्रदान गर्नेछ ।”

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा युद्धविरामको प्रशंसा

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो अफ्रिकी भ्रमणको अन्तिम चरणमा कङ्गोको भ्रमण गर्दै उक्त मुलुककासबै पक्षले युद्धविरामलाई समर्थन गर्ने बताएका छन् । अंगोलाका राष्ट्रपति जोआओ लोरेन्को, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अध्यक्ष फेलिक्स शिसेकेडी र रुवान्डाका राष्ट्रपति पल कागामेसँगको वार्तामा म्याक्रोँले आगामी मङ्गलबारदेखि हुने युद्धविरामका लागि सबैले स्पष्ट समर्थन गरेको बताए ।

उनका अनुसार इयूले पोषण, स्वास्थ्य सेवा, आवास र पानीजस्ता तात्कालिक आवश्यकताका लागि मानवीय साझेदारहरूमार्फत् परिचालन गर्न करिब चार करोड ७० लाख युरो पनि जारी गरिसकेको छ ।सङ्कट व्यवस्थापनका लागि ईयूका आयुक्त जेनेज लेनार्किकले भने, “प्रजातान्त्रिक गणतन्त्र कङ्गोका जनताका आवश्यकता पूरा गर्न जमिन र हवाई मार्गलगायत मानवीय सहायताका लागि आवश्यक सबै माध्यमहरू परिचालन गर्न इयू तयार छ ।”

रुवान्डा सरकारले मिलिसिया समूह एम–२३ लाई समर्थन गरेको र सन् २०२१ को अन्त्यतिर सुषुप्त अवस्थाबाट उक्त शक्तिको उत्तरी क्षेत्र किवुमा पुनः उदय भएको आरोप कङ्गोले लगाउँदै आएको छ । संयुक्त राष्ट्रसंघका स्वतन्त्र विज्ञहरू, संयुक्त राज्य अमेरिका र फ्रान्सलगायत अन्य पश्चिमी देशहरू किन्सासाको आँकलनसँग सहमत छन्, तर रुवान्डाले उक्त आरोपलाई अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *